पोखरा । केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधी जितेको छ ।
खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।
थपिएको अतिरिक्त समयमा थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, ०१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै
आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै
आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो