साञ्जेन जलविद्युत् आयोजना अलपत्र

के हिमाल हाइड्रोका साहु विनोद चौधरी कानुनभन्दा माथि छन् ?

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, १६ : २८
के हिमाल हाइड्रोका साहु विनोद चौधरी कानुनभन्दा माथि छन् ?

काठमाडौं । चौधरी समूहको उत्पादन वाईवाई चाउचाउको हरेक प्याकेटमा पाँच ग्राम तौल कम छ । जुनसुकै पसलमा गएर जोख्दा पनि त्यो थाहा हुन्छ, तर राज्यका निकायले चौधरी समूह र त्यसका साहु विनोद चौधरीलाई कारबाही गर्न सकेको छैन । वाईवाई चाउचाउमा तौल थोरै राखेर उपभोक्ता ठग्न पल्केका, नबिल बैंंकमा नेपाली जनताको पैसामा लुटपाट गरेका, नेपाल राष्ट्र बैंकलाई टेरपुच्छर नलगाउने, नियम पनि नमान्ने । नेपालमा कानुनभन्दा माथि कोही छ भने ती हुन् उद्योगपति विनोद चौधरी ।
तत्कालीन नेकपा (एमाले) को कोटाबाट संविधान सभाको सदस्य भएका चौधरी पार्टी फेरेर पछिल्लो पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई मोटै रकम बुझाएर काँग्रेसका तर्फबाट सांसद बनेका छन् । आफूलाई अर्बपति दाबी गर्ने चौधरीको स्वामित्वमा रहेको हिमाल हाइड्रोले नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना अलपत्र पारेको छ ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख ठेकेदारका रुपमा हिमाल हाइड्रो रहेको छ । यो ठेकेदार कम्पनीले समयमा काम नगर्ने, आयोजनाबाट पैसा लिने र बेपत्ता हुने गरेको पाइएको छ । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको काम अलपत्र पार्नमा चौधरीको हिमाल हाइड्रोको प्रमुख हात रहेको जानकारहरुको भनाइ छ ।
अर्बपति चौधरीको हिमाल हाइड्रो लिमिटेड ठेकेदार कम्पनीका कारणा ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन आयोजनाको निर्माण कार्य नराम्ररी प्रभावित भएको छ । आयोजना विगत ६ महिनादेखि समस्यामा परेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ । आयोजनाको प्रमुख काम नै अलपत्र पारेर ठेकेदार कम्पनीले आयोजनासँग निहुँ खोज्ने काम गरिरहेको छ ।

भूमिगत संरचना निर्माण गर्न सहायक ठेक्का पाएको हिमाल हाइड्रोको अक्षमताका कारण आयोजना प्रभावित भएको हो । काँग्रेसबाट समानुपातिक सांसद समेत रहेका चौधरीले पछिल्लो समय हिमाल हाइड्रो  किनेर जलविद्युत आयोजना निर्माणमा ठेक्कापट्टा गर्दै आएका छन् । भारतीय तथा नेपाली कम्पनी एसइडब्लु टुन्डी जेभीले मुख्य सुरुङ र भर्टिकल साफ्ट सुरुङ निर्माण गर्न हिमाल हाइड्रोलाई सहायक ठेक्का दिएको थियो ।  भारतीय कम्पनी पनि उनै चौधरीले नेपाल भित्र्याएका थिए ।

साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हिमाल हाइड्रोका कारण आयोजना समस्यामा परेको बताएका छन् । आफू अर्बपति रहेको, देश विदेशले चिनेको, सांसद समेत रहेको भन्दै चौधरीले आयोजनाका प्रमुख एवम्् कर्मचारीलाई समेत थर्काउने गरेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ ।
आयोजना प्रमुखका अनुसार पछिल्लो  ३ महिनाको प्रगति हेर्दा निर्धारित समयमा  आयोजना पूरा नहुने अवस्था आएको छ । कामको गतिलाई तीव्रता दिन पटक पटक ताकेता गरेपनि हिमाल हाइड्रोले अटेरी गरिरहेको कम्पनीले जनाएको छ । हिमाल हाइड्रोले जिम्मा लिएको आयोजनाको मुख्य सुरुङ र छड्के भर्टिकल सुरुङ लगायतको कामको गति एकदमै सुस्त रहेको छ । कूल २ सय ५० मिटर लामो छड्के भर्टिकल सुरुङ पूरा गर्न २ वर्ष लगाएको हिमाल हाइड्रोले सोही खालको अर्को सुरुङ निर्माणमा समेत दुई वर्षभन्दा बढी समय लगाउने अवस्था देखिएको छ । आयोजनामा काम नै नगर्ने, दुई चार जना मजदूर तथा कर्मचारी परिचालन गर्ने गरिएको छ ।
चौधरीको पूर्ण स्वामित्वको यो कम्पनी आर्थिकरूपले टाट पल्टिएको हल्ला गरिएको छ । आफूलाई अर्बपति दाबी गर्ने चौधरी राष्ट्रिय अन्तर्राष्ट्रिय फोरममा पुगेर नेपालमा कम्युनिस्ट सरकार बनेको, उद्योगी व्यवसायीको सम्पत्ति राष्ट्रियकरण गर्न लागिएको भन्नेजस्ता नचाहिँदा हल्ला र बकवास गर्दै हिँडेका छन् । कम्पनी टाट पल्टिएको दाबी गर्ने चौधरीले विगतमा राज्यलाई समेत कर छली गरेका छन् । चौधरी समूहको कारखाना रहेको संतुगलको सिजी कार्यालयमा आगो लगाएर आफ्नै बीमा कम्पनी युनाइटेड इस्योरेन्सबाट ६४ करोड भुक्तानी लिएको थियो । भुक्तानी सम्बन्धी यो मुद्दा बिमा समितिमा हाल विचाराधीन छ ।

याे पनि पढ्नुहोस्,
-चौधरीलाई आइपर्यो आपत, नक्कली आगलागीको पोल खुल्यो
-चौधरी ग्रुपसँग चौबीस करोड रुपैयाँ असुल्न बिमा समितिलाई निर्देशन
-वाईवाई चाउचाउमा विषादीयुक्त रसायन : २६ पीपीएम सिसा रहेको पुष्टि, बिक्रीमा प्रतिबन्ध

प्रतिक्रिया दिनुहोस