चौधरीलाई आइपर्यो आपत, नक्कली आगलागीको पोल खुल्यो

शनिबार, २४ चैत्र २०७४, १२ : १०
चौधरीलाई आइपर्यो आपत, नक्कली आगलागीको पोल खुल्यो

काठमाडौं । दुई वर्ष पहिले चौधरी समूहको सिजी इलेक्ट्रोनिकको कारखाना रहेको संतुगलमा आगलागी भयो । विनोद चौधरीको उक्त कारखानामा आगलागी भएको भन्दै काठमाडौँ उपत्यकाका सबै दमकल परिचालन गरिए । लामो प्रयासपछि आगलागी नियन्त्रणमा आयो । चौधरी समूहले आगलागीको कारण सार्वजनिक गर्ने सार्वजनिक रुपमा जानकारी गरायो । तर पछि पत्ता लाग्यो, चौधरी समूहले नै सिजीमा आगो लगाएको रहेछ ।

चौधरी समूहकै युनाइटेड इन्स्योरेन्सबाट रु ४५ करोड बीमा वापतको रकम भुक्तानी पनि लिइयो । सो इन्स्योरेन्सको मुख्य लगानीकर्ता उनै विनोद चौधरी हुन् । बिमाको रकममा मोज मस्ती गरेको र आगो आफैले लगाएर आफ्नै कम्पनीबाट बीमा रकम बुझेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो ।

बीमा समितिमा पनि उजुरी पर्यो । गलत मनसायका साथ बीमा रकम बुझेको भन्दै जताततै उजुरी परेपछि चौधरीले त्यसलाई लुकाउन अनेकन प्रयास गरे तर उनी सफल भएनन् । उच्च अदालत पाटनले चौधरी समूहसँग रु २४ करोड असुल्न बीमा समितिलाई आदेश दिएको छ । अग्नी बीमा वापत किर्ते दावी गरिएको भन्दै आफ्नै लगानीको इन्स्योरेन्स कम्पनीबाट बढी रकम लिएको भन्दै उच्च अदालत पाटनले तत्काल असुल गर्न बीमा समितिलाई निर्देशन दिएको छ । अदालतले बीमा समितिको निर्णय नै सही मान्दै चौधरी समूहलाई मुद्दा हराइदिएपछि विनोद चौधरीले रु २४ करोड तिर्नुपर्ने भएको छ ।

गत मंगलबार उच्च अदालतले बीमा समितिलाई फैसलाको पूर्ण पठाई बीमा रकम असुल्न निर्देशन दिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बढी दावी गरिएको रकम असुल उपर गरिने बताए । अब रु २४ करोड रकम विनोद चौधरीले युनाइटेड इन्स्योरेन्सलाई फिर्ता पठाउनुपर्ने भएको छ । उक्त आगलागीमा रु ३४ करोडको मात्रै क्षति भएको थियो । तर बीमा समितिले बीमकको पैसामा मनलाग्दी गरेको, आफूखुसी बीमा दावीको फाइल बनाएर ठगी गरेको आदेश दिएको थियो । बीमा समितिले बीमकको रकमको सुरक्षाका लागि त्यस्तो निर्णय गरेपनि चौधरीले शक्तिको बलमा ठिक पार्ने भन्दै बीमा  समितिलाई च्यालेन्ज गरेका  छन् । उनले बीमा समितिका अध्यक्ष चापागाईलाई समेत ठिक पारिदिने धम्की दिएका छन् । उनले सर्वोच्चाबाट आदेश ल्याएर भएपनि बीमा समितिको निर्देशन कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । बीमा भुक्तानी दावीमा भएको मनलाग्दी नियन्त्रणकाका लागि पनि विनोद चौधरीलाई कानुनको दायरामा ल्याउनै पर्ने सम्वद्ध पक्षको भनाइ छ ।

मलाई नेपालको कानुन र नियमले केही गर्न सक्दैन, म त फोब्र्सको बिलिनियर सूचीमा सुचीकृत व्यक्ति हो भन्दै चौधरीले युनाइटेड इस्योरेन्सलाई समेत धारासायी बनाएको सो कम्पनीका आवद्ध कर्मचारीले बताए । हामीले नियमअनुसार चल्नु पर्छ भन्दा पनि चौधरीले त्यसलाई अस्वीकार गर्दै आएका छन् सो कम्पनीका एक कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस