काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नपाउने र सांसद पद स्वतः निलम्बनमा परेको छ । गुरुङमाथिको मुद्धा विशेष अदालतमा विचाराधिन रहेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन हुने भएकाले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नपाउने भएका हुन् ।
मंगलबार संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिइएको छ ।
भ्रष्टाचार मुद्धा खेपिरहे पनि गुरुङले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ भने लिइसकेका छन् । नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका गुरुङविरुद्ध श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचार गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १७ : ४५
लेखकबाट थप