पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, १६ : २३
पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस