सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ ।
हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत एउटा हात्ती हेर्नेको भीड लागेको छ । जंगलमा हात्तिको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।
अहिले घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी वन रक्षकको टोलीले मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जंगलमा १५ र ७ गरी दुई समूहमा हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिग्देलले बताए।
जंगली हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दाहरू त्रसित भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु