काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न प्रस्ताव गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफूसहित सत्ता गठबन्धनका तीन शीर्ष नेताबीचको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।
यस्तै बैठकमा राजकीय अन्य पदमा भागबण्डाका विषयमा पनि सामान्य छलफल भएको थियो । प्रचण्डको सचिवालयले भने आज सामान्य छलफल भएको र शुक्रबार फेरि बैठक बसेर थप छलफल हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा-ओली ट्युनिङ थप सशक्त
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यक : देउवा
गृह जिल्ला पुगेर देउवाले भने-‘तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु’