काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन। बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गरे । उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए ।
अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए ।
कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिवद्ध रहेको र बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए ।
उनले भने, ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ । हामी निर्णयक भुमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ ।जनताको अपेक्षा पनि छ । हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ ।’
अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरियो : सिके राउत
विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा राउत