सीताको उपचार गर्न सिंगापुर पुगेका प्रचण्ड आज स्वदेश फर्कदै

आइतबार, १७ असार २०७५, १० : ५६
सीताको उपचार गर्न सिंगापुर पुगेका प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं ।  पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो । 

प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज सीता लिएर फर्कन लागेका हुन् ।  चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो  । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस