दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

आइतबार, १७ असार २०७५, ०९ : ०१
दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै गतमार्चमा पक्राउ परेका छन् ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बरमा सीबीपीले पक्राउ गरेका नेपालीहरुको संख्या १३ मात्र रहेको थियो ।

गत जनवरीमा सीबीपीले ३४ जना नेपालीहरुलाई पक्राउ गरेकोमा फरबरीमा यो संख्या ह्वात्तै बढेको थियो । फरबरीमा सीबपीपीले ६४ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । मार्चमा भने सीबीपीले ८५ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै अप्रिलमा सीबीपीले २७ जना नेपालीहरुलाई पक्राउ गरेको थियो ।

गतआर्थिकबर्ष २०१७ को अगस्त सेप्टेम्बर बाहेक अन्य १० महिनामा सीबीपीले ४९६ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०१६ मा सीबीपीले ५५१ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । आर्थिक बर्ष २०१५ मा ४०९ जना नेपालीहरु सीबीपीको फन्दामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस