एजेन्सी । एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ ।
चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन्तित बनाएको छ । चिनियाँहरूमा कमजोर रोगप्रतिरोधात्मक शक्ति तथा कम खोप लगाइएको कारण भाइरस फैलिरहेको हो ।
एयरफिनिटी नामक स्वास्थ्य तथ्यांक विश्लेषण कम्पनीको भविष्यवाणी अनुसार, चीनमा अहिलेदेखि मार्च महिनासम्म १३ लाखदेखि २१ लाखजनाको मृत्यु हुन सक्छ ।
हङकङमा शून्य कोभिड नीति खुकुलो बनाएपछि बढेको संक्रमणलाई आधार बनाएर चीनको भविष्यवाणी गरिएको हो । त्यहाँ पनि कम मानिसले खोप लगाएका थिए ।
उक्त कम्पनीकी एक प्रवक्ताले भनिन्, ‘हाम्रो विश्लेषणअनुसार मृत्युहरू जनवरी महिनामा चरममा पुग्छ ।’ पूर्व कूटनीतिकर्मी तथा चीनविशेषज्ञ रोजर गारसाइडले चिनियाँहरूको सम्भावित मृत्युले राष्ट्रपति सी चिनपिङको शासन खतरामा पार्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै