एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् ।
‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष खानले पञ्जाबका मुख्यमन्त्री परवेज इलाही र खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानसँगको भिडियो सम्बोधनमा भने ।
खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान भएको बताए । सरकार हार्ने डरले नयाँ चुनावबाट ‘डराएको’ उनले आरोप लगाए । उनले भने, ‘दुवै सभा विघटन गरेपछि प्रदेशमा चुनाव गराउँछौँ । नेसनल एसेम्ब्लीमा हाम्रा सदस्यहरूको राजीनामा स्वीकृत भएको छैन सभामुखलाई राजीनामा स्वीकृत गर्न आग्रह गर्नेछौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ पुस २०७९, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते