काठमाडौं । निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहने भएको छ ।
प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला हुनेछ । प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ पुस २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर
दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान