कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ। शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकल यात्रा विद्यार्थीलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट वेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार बस महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।
बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक प्रथम वर्षमा अध्ययन गर्थे। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए।
घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो