काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ ।
यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति