तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते
आठविसकोटको रिठामा बस दुर्घटना, कम्तीमा ९ जना घाइते
भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो