काठमाडौं । काठमाडौं महानगरपालिका–१५, ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुलीको मरिन गाउँपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ । आज बिहान करिब साढे ५ बजे सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको राप्तीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर मृत्यु
मोटरसाइकल एकआपसमा ठोकिँदा २३ वर्षीय युवकको मृत्यु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु