काठमाडौं । जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ। जापानले ुग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।
पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।
विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए। जापानले विशिष्ट व्यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन्।
पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान(नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो। पौडेल नेपाल(जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै