चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका–११ बस्ने वर्ष ३१ की रन्जु लामा, उनको श्रीमान् वर्ष ३३ को सूर्यबहादुर गुरुङ र उनको छोरी वर्ष २ को खुसी गुरुङ रहेका छन् ।
मध्यम अवस्थामा रहेका घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु