काठमाडौं । हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने सरकारी बैंकसँग सरकारले हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने प्रस्ताव माग गरेको छ ।
अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा प्रस्ताव पेस भनिएकको छ । साथै, १५ दिनभित्र व्यावसायिक योजनासहितको प्रस्ताव मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थाका समन्वय महाशाखामा पेस गर्न भनेको हो ।
हेजिङ्ग नियमावली ०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाका रुपमा काम गर्न चाहने र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले हेजिङ्ग सुविधा उपलब्ध गराउनका लागि प्रस्ताव हाल्न पाउने व्यवस्था रहेको छ ।
हेजिङ्गसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमताका आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग गर्ने बैंकका रुपमा तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पुनले गरे साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख लक्ष्य : अर्थमन्त्री पुन