काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ ।
नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।
नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक-एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
नेपाल विश्वकपको समूह चरणबाटै बाहिरियो
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
भारत र मलेसियाका लागि राजदूत नियुक्त
ब्रायन लारा नेपाल आउदै
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन