क्वालालम्पुर। इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ । यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन् । विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले उक्त विद्येयक स्वीकृत भएको घोषणा गरेका थिए ।
नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका थिए । ‘हामीले बहस भएका महत्वपूर्ण मुद्दा र फरक मतलाई मिलाउन सक्दो प्रयास गरेका छौंँ । तर, हामीले दण्ड संहिता संशोधनबारे ऐतिहासिक निर्णय गर्ने र विरासतमा पाएको औपनिवेशिक फौजदारी संहितालाई छोड्ने बेला आएको छ’, कानून तथा मानवअधिकारमन्त्री यासोन्ना लाओलीले संसदमा भने ।
मंगलबार पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ । समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० मंसिर २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु