काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन।
आज आइतबार काठमाडौंमा नेपाल एफ.एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताए । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए ।
उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० सय प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँगाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए।
उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए । उनले सञ्चार माध्यमले उत्पादन गर्ने विषय वस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया