काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ ।
हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते