एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन्।
पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे। नोभेम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए।
पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो। उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन्।
रावलपिंडीमा भएको र्यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए। खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए। ‘तीन अपराधी’ले आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए। आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ मंसिर २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’