दुध र दुग्द्यजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको कार्यान्वयन गरिन्छ : चक्रपाणी खनाल

मंगलबार, १२ असार २०७५, १७ : ५१
दुध र दुग्द्यजन्य पदार्थमा  हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको कार्यान्वयन गरिन्छ : चक्रपाणी खनाल

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुध र दुग्द्यजन्य पदार्थमा  हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत विनियोजित बजेटबारे संघीय संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री खनालले बजार अनुगमनलाई निरन्तरता दि“दै विद्यमान प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभएको हो ।
बजार अनुगमनका क्रममा राजधानीमा बिक्री हुने दुध र दुग्द्यजन्य पदार्थमा मानवीय स्वास्थ्यमा हानि पुग्ने केमिकल, कोलिफर्म लगायतको मिसावट पाइए पनि सांसदहरुले त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
उहा“ले भूमिलाई भूमाफियाबाट बचाउन, कृषियोग्य जमिनको खण्डीकरण रोक्न इजाजत प्राप्त जग्गाको कारोवार गर्ने कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । मन्त्री खनालले स्पष्ट नीति नबनेसम्म अंशबण्डाबाहेकको कित्ताकाट गर्न रोक लगाइने स्पष्ट पार्नुभयो ।

तराईका जिल्लाका किसानलाई नोक्सानी भएको बालीबापतको राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताउनुभयो । अनुदान बापतको रकम नतिर्ने भन्ने पनि कुरा सुन्नमा आएको भन्दै मन्त्री खनालले कृषिमा अनुदानको कार्यविधि नै संशोधन गरिने प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस