काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं –२ बाट निर्वाचित सोविता गौतमले आफ्नो क्षेत्रका मतदाताहरू चेतनशील भएको बताएकी छन् ।निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं–२ ले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाएको बताउँदै अब फेरी केही पाउने दावी गरिन् ।
‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । यहाँबाट निर्वाचित भइसकेपछि कोही राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । अब यस क्षेत्रले फेरी केही नयाँ पाउनेछ,’ उनले भनिन् ।
उनले सो क्षेत्रका मतदातालाई गुनासो गर्न नदिने पनि प्रण गरेकी छन् । उनले काठमाडौंका विकट क्षेत्रहरुलाई स्तरिकृत गर्नेसमेत बताइन् ।बजेट शहरलाई मात्र चाहिने नभएर जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो तर्क गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम
आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो : सोविता गौतम
सोविताले भेटिन् बाबुराम
राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे : सोविता गौतम