काठमाडौं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरुले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् ।
यो स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । एउटा खल्ती प्रयोग कर्ताले यो अवधिभरी ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन् ।
यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्यु आर बाट बिजबजारको खल्ती क्यु आरमा स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ साथै ग्राहक खल्ती प्रयोग कर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, ११ : ४१
लेखकबाट थप