लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ ५४ मत खसेको छ ।
लमजुङका १३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन् ।
लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा श्रमदानबाट रोपाइँ
लमजुङ तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि
लमजुङमा भूकम्पको धक्का महसुस