काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन ।
आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि उनले गठबन्धनले निर्वाचन जिते केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्ने बताएका हुन।
उनले सञ्चारकर्मीहरुसँग कुराकानी दुई पटक संविधान लेखन र एक पटक संविधान रक्षा गर्न समय लागेको बताए। अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको उनले बताए । उनले गठबन्धन सरकार राजनीतिक स्थिरता र स्थायित्व दिन अग्रसर रहेको पनि बताए ।
नेता सिंहले नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनको आवश्यक्ता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ११ : ५०
लेखकबाट थप