रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएको दाबी गरेका छन्। रोल्पाको लिवाङमा चुनावी घरदैलो कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।
‘धेरैले गठबन्धन टुट्ने बताएका थिए। हामी बीचको सहकार्य दरिलो बनेको छ। गठबन्धन दलबीच शत प्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएकाले हामी चुनाबाट झनै बलियो बन्नेछौँ,’ पुनले भने। सत्ता गठबन्धन संविधानको रक्षा र मुलुकको समृद्धिका लागि बनेकाले यसले दीर्घकालीन सहकार्य गर्ने पुनले बताए।
‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए। जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनले अब समृद्धिका लागि दीर्घालीन सहकार्य गर्छ,’ पुनको भनाइ छ।
चुनावमा सत्ता गठबन्धनको पक्षमा जनलहर देखिएको पुनको दाबी छ। चुनावी पछि गठबन्धनकै सरकार हुने बताएका उनले उक्त सरकारले मुलुकको आर्थिक स्थितिलाई सबल बनाउने बताए। ‘जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ’, उनले भने। चुनाव पछिको ५ वर्ष सत्ता गठबन्धनलेनै सरकार चलाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री पुनले गरे साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल
वित्तीय र मौद्रिक नीतिमा तालमेल मिलाएर आशावादी बजेट बनाउँदैछौं : अर्थमन्त्री पुन
हजारौँ छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौँ : अर्थमन्त्री पुन