एजेन्सी । विश्वकप फुटबलअघि अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा युएई फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईमाथि ५-० को जित निकालेको हो।
अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गर्दा जुलियन अल्भारेज, लियोनल मेसी र जोआकिन कोर्रेयाले एक(एक गोल गरे। युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो। दोस्रो हाफमा थप एक गोल गर्यो।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदै छ। विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ। यस समूहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेका छन्। अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट
उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक
विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा