काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्।
उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, ०९ : ५९
लेखकबाट थप