चितवनको रत्ननगर नगरपालिकाको बजेट ८४ करोड ५४ लाख

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १९ : २२
चितवनको  रत्ननगर नगरपालिकाको बजेट ८४ करोड ५४ लाख

चितवन । रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ का लागि ८४ करोड ५४ लाख बजेट सहित ५१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  तेश्रो नगर सभाले एक दर्जन ठुला योजना निर्माण सहित सो बजेट विनियोजन गरी पारित गरेको मेयर नारायण वनले बताए । आर्थिक बर्षमा नगरपालिकाले आन्तरिक आम्दानी १० करोड ५८ लाख, सडक बोर्ड तर्फ ७० लाख रुपैया आम्दानी गर्ने जनाएको छ । 

नगरपालिकालाई केन्द्रीय सरकारबाट बाट प्राप्त शर्सत अनुदान २६ करोड ७८ लाख,वित्तीय सामन्यीकरण तर्फ १८ करोड २ लाख र राजश्व बाँडफाड तर्फ ९ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यसैगरी नगरपालिकालाई प्रदेश सरकारबाट सर्शत अनुदान ४ करोड ९६ लाख,वित्तीय सामान्यीकरण तर्फ ९० लाख,राजश्व बाँडफाड एक करोड रुपैया आन्दानी हुने लक्ष्य दिएको प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले जानकारी दिए । त्यसैगरी  सामाजिक सुरक्षा कार्यक्रम तर्फ १२ करोड र एलजीसीडीपी कार्यक्रम तर्फ १० लाख रुपैया आम्दानी हुने प्रमुख प्रशाशकीय अधिकृत ढुंगानाले जानकारी दिए ।

खर्च तर्फ नगरपालिकाले प्रशासनिक,चालु तथा पूँजीगत गरी १२ करोड,सामाजिक सुरक्षा कार्यक्रम तर्फ १२ करोड,केन्द्रिय तथा प्रदेश सरकार ३१ करोड ७४ लाख,विषयगत शाखा तर्फ १५ करोड २० लाख,वडा तर्फ १२ करोड ८० लाख सकड वोर्ड ७० लाख र एलजीसीडीपी कार्यक्रम सञ्चालनको लागि १० लाख खर्च गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए । नगरपालिकाले कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ विकास गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पर्यटकीय बसपार्क,गौशाला,सिटीहल,भ्यूटावर,वाटर किङडम लतायतका गौरबका योजना निर्माण गरिने उपमेयर विमला दुवाडीले जानकारी दिइन । नगर सभामा चितवनमै पहिलो पटक वालमैत्री वडा घोषण गर्न सफल वडा नं.३ का वडा अध्यक्ष गोविन्द भट्टराई सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे प्रमुख अथिति रहेको सो कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाख खनाल,कन्चन खनाल,जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,वडा नंं.२ का वडा अध्यक्ष तिलकराज शर्मा लगायतले विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । मेयर नारायण वनको अध्यक्षतामा भएको सो कार्यक्रममा उपमेयर विमला दुवाडीले स्वागत मन्तव्य राखेकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस