समृद्धिका लागि प्राकृतिक स्रोतको उपयोग : अध्यक्ष तिमल्सिना

सफल खबर संवाददाता

आइतबार, १० असार २०७५, १७ : २८
समृद्धिका लागि प्राकृतिक स्रोतको उपयोग : अध्यक्ष तिमल्सिना

भक्तपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले प्राकृतिक स्रोतको उपयोग गर्दे मुलुकलाई समृद्धिको दिशातर्फ लैजानुपर्ने बताउनुभएको छ  ।
एओएस दिवसका अबसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले अब मुलुकको समृद्धिका लागी कसैसँग सहयोग नमागी मुलुककै प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल गरिव हुनुपर्ने कुनै कारण नभएको भन्दै यसअघि शासनसत्ता चलाएकाहरुले नै मुलुकलाई गरिव बनाएको तर्क गर्नुभयो । मुलक गणतन्त्र र संघियतामा

गईसकेपछि स्थानीय सरकार बनेको भन्दै अब मुलुकको बिकासलाई कसैले रोक्न नसक्ने धारणा राख्नुभयो । नेपालका गरिव जेहेन्दार र अभिभावक गुमाएका बिद्यार्थीहरु अब शिक्षाबाट बञ्चित हुन नपर्ने उहाँको भनाई छ । ३२ औं एओएस दिवसका अबसरमा  एओएस बालग्रामलाई अगाडी बढाउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस