महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेलले मधेश प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने बताएका छन् ।
लामो समयदेखि विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षबाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन् । डीपीआरदेखि पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै बेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथी अहिले अन्तरिम आदेश जारी भएको छ ।
मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कानुनी व्यवधानलाई समाधान गरि छिटोभन्दा छिटो मेडिकल कलेजको काम अगाडि बढाइने विषयलाई पोखरेलले उच्च प्राथमिकतामा राखेकाे बताएका छन् ।
पोखरेल स्वास्थ्यमन्त्री हुँदा २०७३ मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा बनाइने प्रस्ताव गरेका थिए । सोही विषयलाई सदनबाट पास गराएर बजेट वक्तब्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १२ : ३२
लेखकबाट थप