काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचारको अन्तिम हप्ता कोइराला आफ्नो पार्टीका लागि मत माग्न हिँड्ने जानकारी दिए।
कोइरालाले काठमाडौँको सभालाई सम्बोधन गर्ने पक्का भए पनि अरु जिल्लाका बारमा छलफल भइरहेको अध्यक्ष लिङ्देनले बताए। काठमाडौँमा उनले वसन्तुरमा आयोजित राप्रपाको सभालाई सम्बोधन गर्नेछिन्।
त्यस बाहेक पोखरा, स्याङ्जा, धादिङमा चुनावी सभालाई लैजाने कोसिस राप्रपाले गरिरहेको छ। उनी नेपाली कांग्रेसका संस्थापक बीपीका छोरा प्रकाशकी छोरी हुन्। मनीषा नेपालमा राजतन्त्र पुनःस्थापित हुनुपर्ने मान्यता राख्छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एचपीभी खोप अभियानको सद्भावाना दूतमा मनीषा कोइराला
बेलायती प्रधानमन्त्रीलाई मनीषाले दिइन् सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो