एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।
यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् ।
यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।
अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो । यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ कार्तिक २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने