दमौली । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेंगीको सङ्क्रमण बढ्दो क्रममा छ। डेंगी सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ ।
कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिए। उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेंगी सङ्क्रमण देखिएको हो।
जिल्लामा भदौको अन्तिम सातादेखि डेंगीको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा। ढकालले बताए। डेंगीको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ।
डेंगीको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। डेंगीबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाइलगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले जानकारी दिए।
डेंगी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ। साथै डेंगीसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
‘रोग नियन्त्रण, न्यूनीकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजौँ र नष्ट गरौँ भन्ने नारासहित अभियान सञ्चालन गरिएको छ’, अधिकारीले भने, ‘लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो।’ एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन्। एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान
डेंगी नियन्त्रणका लागि शुक्रबार देशव्यापी सरसफाइ अभियान सञ्चालन हुने
गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण
देशभर डेंगी संक्रमितको संख्या १८ सय नाघ्यो
चितवनका एक हजार सात सय जनामा डेंगी संक्रमण