काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो ।
काठमाडौं-३ मा माओवादी केन्द्रबाट बद्री बजगाईले उम्मेदवारी दिएका थिए भने प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए ।माओवदीले काठमाडौं-३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १६ : ५७
लेखकबाट थप