काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफले लगातार दोस्रो जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्दै एपिएफले समूह ए मा ४ अंक बनाउँदै शीर्ष स्थानमा कायम रह्यो।
टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाए। उनीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन नसक्दा सदूरपश्चिम ६७ रनमा समेटिएको थियो।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका भुवन कार्कीले ४ विकेट हासिल गरे। त्यस्तै, कमल ऐरी र मौसम ढकालले समान २-२ विकेट लिए।
त्यस्तै,किशोर महतो र अमर रौटेलाले समान १-१ विकेट लिएका थिए। ६९ रनको लक्ष्य पछ्याएको एपिएफले विना विकेटको क्षतीमा ११.२ ओभरमानै विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्याे। उसका लागि प्रदीप ऐरीले २५ रन बनाउँदा आसिफ शेखले ४२ रनको नटआउट इनिङ खेलेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना
प्रधानमन्त्री कप क्रिकेट : किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि