एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी मनिला लगायत अन्य शहरहरूमा मुसलधारे वर्षा भईरहेको जनाईएको छ । वर्षाका कारण आएको पहिरोमा थुप्रै मानिस पुरिएको र केहि व्यक्तिहरूको शव निकालिएको छ । पहिरोमा हराएकाहरूको सुरक्षाकर्मीले खोजि जारी राखेका छन् भने उद्धारकार्यलाई तिब्र बनाईएको छ ।
प्रतिघण्टा ९५ किलोमिटरको गतिमा आँधी आएको जनाईएको छ । बिहीबारदेखि भारी वर्षा सुरू भएको थियो । यो साताको अन्त्यमा आँधीको गति उच्च गतिमा बढ्ने अनुमान गरिएको छ । हावाहुरीका कारण केही विद्यालयहरू बन्द गर्नुका साथै यातायात बन्द गरिएको छ ।
यसअघि शनिबार अधिकारीहरूले मृत्यु हुनेको संख्या ७२ जना बताएका थिए । तर, त्यसलाई परिमार्जन गरिएको छ । पहाडी भेगहरूमा पहिरोको चेतावनी दिईएको छ भने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ कार्तिक २०७९, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार