सुन तस्करी प्रकरण

जमिम शाहका आफन्त अकबर शाह पक्राउ

शुक्रबार, ०८ असार २०७५, ११ : २७
जमिम शाहका आफन्त अकबर शाह पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ मैतिदेवीबाट पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कलमपोखरीको हिरासतमा राखिएको अनुसन्धान टोलीले पुष्टि गरेको छ ।
पक्राउ परेका शाह गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा तथा ठेकेदार मकबुल शाहका छोरा हुन् । अनुसन्धान समितिका एक सदस्यका अनुसार अकबरको ललितपुरमा रेष्टुरेन्ट छ । स्रोतका अनुसार उनको दुबईमा रहेको माफिया समुहसँग संग्लनता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनले अबैध सुनमा लगानी गरेको पाइएको छ ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् । प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघि छिरीङसँग मिलेर अबैध सुनको कारोबार भने गरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस