काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो ।
प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै संघीय संसदका सभामुख समक्ष इमरान खान समक्ष उजुरी गरेका थिए ।
इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।
आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ कार्तिक २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते