काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् ।
आगामी निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ रहेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । ५ लाख १० हजार ४२० जना पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ जना अन्य गरी कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सात प्रदेशमध्ये ठूलो मतदाता प्रदेश १ मा रहेका छन् । प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । यसप्रदेशमा रेहका मतदातामध्ये पुरुष १७ लाख २९ हजार ७७२, महिला १६ लाख ६७ हजार ७१ र अन्य २२ जना रहेका छन् ।
तेस्रो ठूलो मतदाता संख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा रहेका कुल ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये पुरुषको संख्या १८ लाख २७ हजार ८५४, महिलाको संख्या १५ लाख ५८ हजार ७०४ र अन्य ७० जना रहेका छन् ।
आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६३७ रहेको छ । जसमा पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना छन् । गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । मतदातामध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २१२, महिला ८ लाख ८२ हजार ७७४ र अन्य १८ जना रहेका छन् ।
देशका सात प्रदेशमध्ये गण्डकी र सदुरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा