बाजुरा । अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनका आमा घाइते भएकी हुन । घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।
प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेसँगै सोही गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ। निरन्त बाढीले प्रहरी चौकी उच्च जोखिममा परे पछि चौकीको टोलीलाई सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् विस्तारका क्रममा घाइते दुई जनाको हवाई उद्धार
बाजुरामा पहिरोमा परी ४ जना घाइते
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
बाजुरामा रेबिजविरुद्धको खोप अभाव