विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन्। नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन्।
“यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहीँ अन्तिम हो” उम्मेदवार केसीले भने।
उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताए।
संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार उदासीन हुँदा आन्दोलनरत शिक्षकसँग दूरी बढ्यो, परिस्थिति जटिल बन्दैछ: अर्जुननरसिंह केसी
संसद छलेर अध्यादेश ल्याउनु गलत : अर्जुननरसिंह केसी
नयाँ स्टक एक्सचेञ्जबारे बार्गेनिङ भइरहेको छ भन्ने सुनिन्छ : सांसद केसी
अख्तियार सत्ता, शक्ति र भ्रष्टाचारको पर्यायवाची भयो : अर्जुननरसिंह केसी
गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भीर गल्ती गरे : सांसद केसी
मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : सांसद केसी