धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए ।
मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ ।
डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित