पाल्पा । खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् ।
निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बताएका छन् ।
उनको खोजीका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि शनिबार बिहानसम्म उनको अवस्था पत्ता नलागेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
भेरी नदीमा खसेर दुई जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता
पोखरीमा कार डुब्दा दुईजना बेपत्ता, एकजना पौडिएर निस्किए