बागमतीमा टाईम कार्ड लागू

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १२ : ०५
बागमतीमा टाईम कार्ड लागू

काठमाडौं । बागमती प्रदेशका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको छ । चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यल प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने र सवारी नियमको उल्घंनसमेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले टाइम कार्ड लागु गरिएको जनाएको छ ।

बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागू भएको छ । मकवानपुर, चितवन, धादिङ र काभ्रेका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म पनि टाइम कार्ड लागू गरिएको छ ।

टाइम कार्ड लागू गरिएका राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस